मेलम्चीको पानी आजदेखि सुरुङमा पठाइने, काठमाडौँको धारामा झर्न १५ दिन लाग्ने


काठमाडौं – मेलम्ची खानेपानी विकास समितिले मंगलबारदेखि खानेपानी सुरुङमा पठाउने भएको छ । पुनर्निर्माणको काम सकिएसँगै फिलिङका लागि सुरुङमा पठाउन लागिएको समितिले जनाएको छ ।

समितिका सिनियर डिभिजन इन्जिनियर पदमबहादुर कुँवरले सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएर सुरुङमा पानी पठाउन तयार रहेको जानकारी दिए । ‘हाम्रोतर्फबाट काम सकाएका छौँ । मंगलबारदेखि नै फिलिङका लागि सुरुङमा पानी पठाउने तयारीमा छौँ, उनले भने ।

गत असारमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पुर्‍याएको थियो ।

सरकारले चैत मसान्तभित्र पानी काठमाडौं ल्याउने घोषणा गरेको थियो । इन्जिनियर कुँवरकाअनुसार काठमाडौंमा पानी आउन अझै १० देखि १५ दिनसम्म लाग्ने छ ।स्ट्यान्डर्ड अपरेटिङ प्रोटोकलअनुसार पानी काठमाडौं आइपुग्न १५ दिन लाग्छ । प्रतिसेकेन्ड ६५ लिटरका दरले पानी पठाउने बताइएको छ ।

प्रतिक्रिया