विमानस्थलबाट जापान जान लागेकी युवती गोलीसहित पक्राउ


काठमाडौं – त्रिभुवन अन्तर्राष्टि«य विमानस्थलबाट १ राउण्ड गोलीसहित एक युवती पक्राउ परेकी छिन् ।

नेपालबाट जापान जान लागेकी तनहुँ भानु नगरपालिका–७ की २७ वर्षीया सोबिता नेपालीलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

नेपाल एयरलाइन्सबाट जापानको नारिता जान लागेकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको प्रहरीले चेकजाँच गर्दा उनको झोलाबाट गोली बरामद भएको हो ।

विमानस्थल प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) भिम ढकालका अनुसार नेपालीलाई थप अनुसन्धानका लागि गौशाला प्रहरी वृत्तमा पठाइएको छ ।

प्रतिक्रिया