मालपोत कार्यालय जनकपुरका निमित्त प्रमुख ५ लाख घुससहित अख्तियारकाे नियन्त्रणमा


धनुषा । मालपोत कार्यालय जनकपुरमा कार्यरत एक जना कर्मचारी ५ लाख घुससहित पक्राउ परेका छन् । जनकपुरधामस्थित भानु चोकबाट मालपोतका निमित्त प्रमुख सुनील झा सोमबार बिहान उक्त रकमसहित पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो। अहिले आरोपीलाई नियन्त्रणमा लिएर मुचुल्का तयार गर्नेलगायतका कार्य भइरहेको छ । जग्गासम्बन्धी काम मिलाइदिने भन्दै झाले सेवाग्राहीसँग घुस मागेको आरोप लागेको छ ।

प्रतिक्रिया