पत्रकार पाण्डेलाई रिहा गर्न अधिकारवादीको माग


काठमाडाैं – संयुक्त अरब इमिरेट्स (युएइ)मा थुनामा परेका नेपाली पत्रकार उमाकान्त पाण्डेलाई तत्काल रिहा गर्न अधिकारवादी विभिन्न सङ्घसस्थाले माग गरेका छन् ।

काठमाडौंको माइतीघर मण्डलामा उनीहरूले आज विरोध प्रदर्शन गर्दै पत्रकार पाण्डेलाई तत्काल रिहा गर्न माग गरेका हुन् ।

युथ कंग्रेस नेपालले आयोजना गरेको प्रदर्शनमा नेपाल पत्रकार महासङ्घ, एम्नेस्टी इन्टरनेशन नेपाल, युनिमी नेपाललगायतले ऐक्यबद्धता जनाएका थिए ।

विरोधसभामा महासङ्घका अध्यक्ष विपुल पोखरेलले सामाजिक सञ्जालमा लेखेकै आधारमा पत्रकार पाण्डेलाई थुनिएको आरोप लगाए।

प्रतिक्रिया