कास्कीमा कार दुर्घटना, चार जना गम्भीर घाइते


पोखरा – कास्कीको मर्दी खोलामा शनिबार बिहान कार दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन् ।

माछापुच्छ्रे गाउँपालिकाको लाहाचोकबाट पोखरा आउँदै गरेको कार मर्दी खोलामा खस्दा चार जना गम्भीर घाइते भएका हुन् ।

घाइते हुनेमा लाहाचोकका ७० वर्ष भोजबहादुर श्रेष्ठ, वर्ष ६३ का भीमबहादुर श्रेष्ठ, २९ वर्षीया रमा श्रेष्ठ र २७ वर्षीया पार्वती श्रेष्ठ रहेका छन् ।

प्रतिक्रिया