लागू भयो निर्वाचन आचारसंहिताः कसले के गर्न पाउँछ, के पाउँदैन? (पूर्ण पाठ)


काठमाडौं– गए रातिदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष बनाउन सबै राजनीतिक दल, सुझाव तथा परामर्शमा स्वीकृत आचारसंहित २०७८ रातिदेखि लागू भएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।

निर्वाचन आयोगले निर्वाचन कसुर तथा सजाय ऐन, २०७३, निर्वाचन आचार संहिता, २०७८ र निर्वाचन सम्बन्धी अन्य कानुनमा भएका व्यवस्था समेतलाई एकीकृत गरी ६० बुँदे निर्देशन जारी गरेको हो । ​

आचारसंहित लागू भएसँगै चुनावको नतिजालाई प्रतिफल प्रभाव पार्नेगरी कसैको पक्ष वा विपक्षमा प्रचार प्रसार गर्न, कुनै विद्यतीय सामग्री उत्पादन गर्ने तथा सामाजिक सञ्‍जाल वा अरुले प्रकाशन गरेका सामग्री शेयर गर्न नहुने साथै सामाजिक सञ्जालमा गलत अकाउण्ट सञ्चालन गर्न वा गराउन पाइने छैन ।

त्यसैगरी कसैको चरित्र हत्या नहुने गरी व्यक्तिगत लाज्छना वा मानहानी हुने प्रकृतिका सामग्री कुनै स्वरुपमा उत्पादन गर्न प्रकाशन वा प्रसारण गर्न निषेध गरिएको छ। कुनै राजनीतिक दल वा उम्मदवारले आफ्नो निजी वा आधिकारिक पेजमा आफ्नो सिद्धान्त, विचार, प्रतिवद्धता र जानकारी राखी प्रचार प्रसार गर्न नपाइने प्रावधान गरिएको छ ।

आयोगले राजनीतिक दलहरूबाट हुने सभा, सम्मेलन, अधिवेशन, बैठक, भेला, आमसभा राखिएका दलका झण्डा, चिह्न वा अन्य प्रचार प्रसार सामग्री राख्‍न रोक लगाएको छ। आयोगले निर्वाचनको प्रक्रियालाई प्रतिकूल प्रभाव पार्नेगरी कसैको पक्ष वा विपक्षमा विचार राख्न, प्रचार प्रसार गर्न कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरुले प्रकाशन गरेका सामग्री सेयर गर्न रोक लगाएको छ ।

यस्तो छ पूर्णपाठः

प्रतिक्रिया