बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एकैदिन ५ अर्बले बढ्यो


काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन एकदिनमै ५ अर्बले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चैत्र २१ गते  ४९ खर्ब १० अर्ब रहेको बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप एकैदिनमा ५ अर्बले बढेर  चैत्र २२ गतेसम्म कुल ४९ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी पनि बढेको छ । कर्जा लगानी २ अर्बले बढेर ४७ खर्ब २ अर्ब पुगेको छ ।  बैंकहरूको निक्षेप संकलन बढ्दा सिडी रेसियोमा पनि सुधार देखिएको छ । बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९०.६५ प्रतिशतबाट घटेर ९०.५८ प्रतिशतमा झरेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया