अवैध लागुऔषध ब्राउनसुगरसहित ३ जना पक्राउ


झापा – मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुल अगाडिबाट करिब १४ ग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित विर्तामोड नगरपालिका-७ सुकुमबासी टोल बस्ने ५४ वर्षीय अमृत खड्कालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

कपिलवस्तु, कपिलवस्तु नगरपालिका-६ स्थितबाट करिब ३ ग्राम ७ सय २० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-२ सेमराहवा बस्ने २३ वर्षीय सुनिल कुमार पासी र १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै उनीहरूको साथबाट लु।१३ प २८६५ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

सप्तरी, बोदेबर्साईन नगरपालिका(८ काचन टोलबाट करिब १६ केजी अवैध लागुऔषध गाँजा गएराति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी काचनबाट खटिएको प्रहरीलाई देख्नासाथ बैरियाहीबाट काचनतर्फ जाँदै गरेका पैदलयात्रीले कपडाको झोला फाली फरार भएपछि झोला तलासी गर्दा उक्त लागुऔषध फेला परेको हो । हाल फरार व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया