एआईजी बढुवा प्रकरणः सर्वोच्चले दियो कारण देखाउ आदेश, अन्तरिम आदेशका लागि छलफल हुने


काठमाडौं – सर्वोच्च अदालतले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाविरुद्धको रिटमा कारण देखाउ आदेश दिएको छ ।

प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरू ईश्वरबाबु कार्कीलगायतले एआईजी पदमा भएको बढुवा सिफारिस निर्णयविरुद्ध दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश डा. कुमार चुडालले कारण देखाउ आदेशका साथै अन्तरिम आदेशका लागि छलफल गर्न आदेश दिएका छन् । आदेशमा दुवै पक्षलाई चैत २८ गते छलफलका लागि बोलइएको छ ।

त्यसअघि आइतबार र र सोमबार लगातार दुई दिनसम्म न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा तोकिएर ‘हेर्न नमिल्ने’ सूचीमा परेको उक्त रिट आज न्यायाधीश डा. कुमार चुडालको इजलासमा परेको थियो ।

बरियताअनुसार बढुवा नभएको भन्दै कार्कीसहित डिआईजी घनश्याम अर्याल र प्रकाश जंग कार्कीले रिट दायर गरेका थिए ।

प्रतिक्रिया