उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक


काठमाडाैं – निर्वाचन आयोगमा आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सिलसिलामा उच्चस्तरीय सुरक्षा समितिको बैठक बसेको छ ।

आयोगका सुरक्षा हेर्ने आयुक्त ईश्वरीप्रसाद पौड्यालको संयोजकत्वमा आज भएको बैठकमा निर्वाचन सुरक्षाका विविध पक्षमा आयोग र सुरक्षा निकायका प्रमुखबीच विस्तृतरूपमा छलफल भएको आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए ।

बैठकमा स्थानीय तह निर्वाचनका लागि गृह मन्त्रालयले तयार गरेको एकीकृत सुरक्षा योजनाबारे आयोगलाई जानकारी दिइएको थियो ।

निर्वाचन सुरक्षा निर्देशिका, २०७८ मा व्यवस्था भएअनुरूप भएको बैठकमा गृह मन्त्रालय र रक्षा मन्त्रालयका सचिवसमेत सहभागी थिए ।

प्रतिक्रिया