वामदेव गौतम राजनीतिमा न्यूट्रल बस्ने


काठमाडौं – तत्कालीन नेकपाका उपाध्यक्ष वामदेव गौतमले स्थानीय तहको निर्वाचनमा मतदान नगर्ने भएका छन् । राष्ट्रिय सभा सदस्यसमेत रहेका गौतमले केही समय राजनीतिमा न्यूट्रल रहने बताउदै मतदान नगर्ने जनाएका हुन् ।

उनी हाल सक्रिय राजनीतिमा छैनन् । नेकपा विभाजन भएपछि पार्टी एकता राष्ट्रिय अभियानको संयोजक बनेका उनी हाल राजनीतिमा निश्क्रिय जस्तै रहेका हुन् । उनी बर्दिया बाँसगढी नगरपालिका वडानम्बर १ को मतदाता हुन् ।

प्रतिक्रिया