दुई कम्पनीको १५ लाख ८२ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत


काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १५ लाख ८२ हजार ७ सय ८६.५० कित्ता बोनस शेयर सूचीकृत भएको छ । एक फाइनान्स कम्पनी र एक जलविद्युत कम्पनीको उक्त बोनस शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।

रिलायन्स फाइनान्स लिमिटेडले शेयरधनीहरुलाई प्रदान गरेको १५ प्रतिशत बोनस बापतको १३ लाख ७३ हजार ४ सय ४६.५० कित्ता शेयर सूचीकृत भएको हो ।

त्यसैगरी नेपाल हाइड्रो डेभलपर्स लिमिटेडले शेयरधनीहरुलाई प्रदान गरेको ७ प्रतिशत बोनस बापतको २ लाख ९ हजार ३०० कित्ता शेयर पनि आजै सूचीकृत भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया