पालिकास्तम्भ उद्यान निर्माण


लमजुङगण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले  पालिकास्तम्भ उद्यान  उद्घाटन गरेका छन् । मध्यनेपाल नगरपालिकाको आर्थिक सहयोगमा बेँसीशहर नगरपालिका वडा नं ८ मा रहेको जिल्ला प्रशासन कार्यालय लमजुङ परिसरमा उद्यान बनेको हो ।

नवर्निर्मित उद्यान उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले स्थानीय तह एकदमै नजीकको सरकार भएकाले  शासन सत्तामा प्रत्यक्ष निगरानी गर्न जनतालाई  आग्रह गरे ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले लमजुङ जिल्लाका चारचार  नगरपालिका र गाउँपालिकाका साथै जिल्लाको नक्शासहितको उक्त उद्यानको अध्ययनअवलोकनबाट जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राही तथा सम्पूर्ण जिल्लावासीलगायत सबै नागरिकका लागि सूचना प्रदान गर्ने उद्देश्यले उद्यान निर्माण गरिएको बताए ।

उनका अनुसार उद्यानमा ७७ वटै  जिल्लाको स्पष्ट नामसहितको आधुनिक नेपाल र  गण्डकी प्रदेशका नक्शा, राष्ट्रिय गान र नेपालको झण्डासहितको पृष्ठभूमि  छ । पार्क मध्यनेपाल नगरपालिकाको रु सात लाख लगानीमा निर्माण गरिएको हो ।

(रासस)

प्रतिक्रिया