तीन एआईजीको पदस्थापन: प्रशासनमा धानुक, ब्यूरोमा सिंह


सरकारले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका ३ जनाको पदस्थापना गरेको छ ।

मन्त्रिपरिषद्को निर्णयअनुसार एआईजी धीरजप्रताप सिंहलाई केन्द्रिय अनुसन्धान ब्यूरो, रबिन्द्रबहादुर धानुकलाई प्रशासन विभागमा र प्रदेश समन्वय विभागमा वसन्तकुमार पन्तको पदस्थापना भएको हो ।

केन्द्रिय अनुसन्धान ब्यूरोमा पदस्थापना भएका सिंह यसअघि पनि ब्यूरोमा कार्यरत थिए। त्यस्तै धानुक कार्य विभागमा कार्यरत थिए ।

प्रदेश समन्वय विभागमा पदस्थापन भएका पन्त आईजीपी शैलेश थापाका ब्याचमेट हुन्। उनी आईजीपी क्षेत्रीसँगै २०७९ वैशाख १९ मा अवकाशमा जाँदैछन्।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) बाट एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो। बिहीबार नै आईजीपी क्षेत्रीले उनीहरुलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।

प्रतिक्रिया