समातिए क्रुर पति : मसला पिस्ने लोहोरेले श्रीमतिको हत्या गरे


बिराटनगर– घरयासी विवादका क्रममा मसला पिस्ने लोहोरेले पत्नीलाई हानी हत्या गर्ने क्रुर पतिलाई प्रहरीले समातेको छ ।

१ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार खोटाङ दिक्तेल रुपाकोट मझुवागढी–२ तालखर्कका ४० बर्षीय छत्र बहादुर गिरीलाई नियन्त्रणमा लिइएको हो ।

गत शुक्रबार विहान ५ बजे गिरीले आफ्नै पत्नी ४४ बर्षीया ज्ञान कुमारी गिरीको हत्या गरेका थिए । 

सामान्य बादविबाद हुदा छत्रबहादुरले एक्कासी मसला पिस्ने लोहोरोले ज्ञान कुमारीलाई कन्चटमा प्रहार गर्दा उनि गम्भीर घाईते भएकी थिईन् ।

ज्ञान कुमारीलाई थप उपचारको लागि गाडीमा काठमाडांै लैजादै गर्दा  बाटोमै मृत्यु भएको थियो । 

यता पत्नीलाई लोहोरोले कन्चटमा प्रहार गरेर छत्रबहादुर भने फरार रहेका थिए । फरार रहेका उनलाई हिजो विहान खोटाङकै एरियामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । 

उनी उपर कर्तब्य ज्यान अन्तरगत मुद्दामा कानुनी कारबाही अगाडि बढाईएको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया