


चुनाव जित्ने उम्मेदवार छान्न बानियाँले बनाए यस्तो रणनीति
वागमति प्रदेशका सबै स्थानीय तहमा काग्रेस जिताउने अभियान

काठमाडौं – नेपाली काग्रेसको १४औं महाधिवेशनबाट वागमति प्रदेश कार्य समितिको सभापतिमा निर्वाचित पार्टीको प्रदेश संसदीय दलका नेता इन्द्र बहादुर बानियाँले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउन नयाँ र फरक रणनीति अपनाएका छन् ।
आगामी निर्वाचनमा नेपाली कांग्रेसको जनाधार भएको र लोकप्रीय उम्मेदवारलाई स्थानीय तहको सबै पालिका र वडामा विजयी गराउन लागि बानियाँले बागमति प्रदेशका १३ वटै जिल्लामा प्रतिनिधि खटाएका छन् ।
प्रदेश सभापति बानियाँले आगामी स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई चुनावमा जिताउनको लागि भनेर प्रदेशका सबै जिल्लामा प्रतिनिधि खटाएपछि ति जिल्लाहरुले सबै स्थानीय तह र वडामा प्रतिनिधि पठाइ सकेका छन् । बानियाँले सम्भव भएसम्म प्रदेशबाटै स्थानीय तहमा समेत आनौपचारिक रुपमा प्रतिनिधि पठाएका छन् ।
बागमपति प्रदेशमा रहेका तीन वटा महानगरपालिका काठमाडौं, ललितपुर र भरतपुर, एउटा उपमहानगरपालिका हेटौंडा, ४० वटा नगरपालिका र ७३ वटा गाउँपालिकाको एक हजार बढी वडामा प्रतिनिधिहरु खटाइ सकिएको छ ।
‘गाउँ गाउँ जाऔं, कांग्रेस जिताऔँ’ अभियान अन्तरगत बागमति प्रदेशले औपचारिक रुपमा १३ जना प्रतिनिधिलाई खटाएको छ । औपचारिक र आधिकारिक रुपमा खटाइएका प्रतिनिधिका अतिरिक्त बानियाँले अनौपचारिक रुपमा सुक्ष्म ढंगले निगरानी गर्न र प्रतिवेदनको बिश्वश्नियतालाई पुष्टि गर्न थप नेताहरुलाई जिम्मेवारी दिएका हुन् ।
बागमति प्रदेशमा कांग्रेसका बहुमत जनप्रतिनिधि जिताउनकै लागि बानियाँले कसैको आग्रह, सिफारिस, आश्वासन, प्रलोभन र दबाबमा नपरी प्रदेश र जिल्लाले खटाएका प्रतिनिधिको प्रतिवेदनको आधारमा चुनाव जितेपछि जिम्मेवारी बहन गर्न सक्ने क्षमता र योग्यता भएका लोकप्रीय नेतालाई मात्र उम्मेदबार बनाउने पक्षमा आफू रहेको बानियाँले बताए ।
बागमति प्रदेशबाट कांग्रेसलाई बहुमत दिलाउन क्रियाशिल सभापति बानियाँले कसैको भनसुन र लहैलहै लागेर प्रदेशका कुनै पनि स्थानीय तहको प्रमुख र उपप्रम्ुख वा वडाअध्यक्ष र सदस्यलाई टिकट नदिने बताएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले लगायत बामपन्थी दलहरुले अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को विषयमा भ्रम छरेको भन्दै त्यसलाई चिर्न र स्थानीय निर्वाचनसंगै प्रदेश, संघीय निर्वाचनमा काँग्रेसलाई एक नम्बरको पार्टी बनाउने गरी पार्टीका गतिविधिलाई बानियाँले अघि बढाएका छन् ।
स्थानीय तह निर्वाचनमा काँग्रेसको पक्षमा जनलहर बनाउँन घर दैलो अभियानलाई तीव्र बनाउन निर्देशन दिँदै सभापति बानियाँले हालै सिन्धुपाल्चोकको सुकुटेमा भएको प्रदेशको प्रशिक्षण कार्यक्रममा निर्वाचन केन्द्रीत कार्यक्रम लिएर मतदाताको घर–घरमा पुगेर उनीहरुको सुख दुःखमा सरिक हुँदै सहयोग गर्न समेत आग्रह गरेका थिए ।
राजनीति जनताको न्याय र सेवाको लागि हुनु पर्ने भन्दै बानियाँले पदलोलुप नभइ पद्धति बसालेर राजनीतिमा लाग्न जोड दिए । उनले आगामी स्थानीय तह र प्रदेशमा कांग्रेसका बहुमत जनप्रतिनिधिले विजय हासिल गर्ने उदेश्यका साथ खट्नु पर्ने भन्दै प्रदेशका करिब ६१ लाख जनसंख्यामा नेपाली काँग्रेस लोकप्रिय रहेको प्रमाणित गर्ने बेला आएको बताएका छन् ।
पार्टीको बिधान अनुसार प्रदेश सभापति बानियाँले कार्यसमितिमा मनोनयन पनि गरिसकेका छन् । काम गर्ने र जनताको सुख दुखमा खट्ने कार्यकर्तालाई जिम्मेवारी सुम्पने प्रतिबद्धता व्यक्त गर्दै आएका बानियाँले प्रदेश कार्यसमिति र विभिन्न विभागमा प्रदेशका क्रियाशिल सदस्यहरुलाई जिम्मेवारी समेत दिइसकेका छन् ।
पार्टी भित्रको गुट, उपगुट, समूह र उपसमूहको तर्फबाट गरिएको सिफारिसलाई नमान्ने भनी सार्वजनिक रुपमै अभिव्यक्ति दिँदै आएका वानियाँले खटाएका प्रतिनिधिले सही वा गलत प्रतिवेदन दिएका छन भनेर समेत परिक्षण गर्ने भएका छन् । पैशाको बलमा चलखेल गर्नेहरु बानियाँको अडानबाट तिल्मिलाएका छन् । कार्यकर्ताको सुख दुखमा सहभागी नभई केन्द्रमा नेताहरुको वरिपरी घुम्नेलाई कुनै हालतमा टिकट नदिने पक्षमा बानियाँ लागेका छन् ।
बानियाँले काँग्रेसको विधान र प्रदेशको अधिकारअनुसार बागमती प्रदेशमा कुनै पनि नेताको आग्रह पूर्वाग्रह नराखी, आदेश समेत नपर्खी पहिलो पटक विधान कार्यान्वयन गरेर देखाइ दिएका छन् । पार्टीमा आर्थिक कारोबार चुस्त दुरुष्त बनाउन र पार्टीमा अनुशासन कायम गर्न लेखा समिति र अनुशासन समिति समेत गठन भइसकेको छ ।
पुराना, अनुभवी र दुःख पाएका नेताहरुलाई समेटेर जिम्मेवारी दिने निर्णय गरेर बानियाँले बागमति प्रदेशमा गरेको कामले कार्यकर्तामा उत्साह र उत्प्रेरण देखिएको छ ।
भाषण र आश्वासन भन्दा काम गरेर देखाउने बागमति प्रदेश सभापति बानियाँले यसअघि पनि बाढी पहिरो, आगलागी, भुकम्प जस्ता दैवी विपत्तिबाट पीडामा परेका बागमति प्रदेशका जनतालाई राहत बितरण गर्दै आएका छन् । वानियाँले आर्थिक रुपमा बिपन्न बर्ग र समुदायका मानिसलाई खाद्यान्न र लत्ता कपडादेखि शैक्षिक सामग्री पनि बितरण गर्दै आएका छन् ।

