

नेपाल भित्र्याउँदै गरेको कटुवा पेस्तोल बरामद

राजविराज – भारतबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा सप्तरीको राजगढ गाउँपालिका-६ बर्दहीबाट आज प्रहरीले एक थान कटुवा पेस्तोल बरामद गरेको छ ।
विशेष सुराकीका आधारमा सशस्त्र प्रहरी बल गण ७ हेडक्वार्टर सप्तरीबाट खटिएको टोलीले आँपको बगैँचा हुँदै भारतबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा एक नाल र एक थान कटुवा पेस्तोल बरामद भएको हो ।
एक व्यक्तिलाई जाँच गर्ने क्रममा झोला फालेर भेगेपछि प्रहरीले उक्त झोलामा कटुवा पेस्तोल फेला परेको सशस्त्र प्रहरी नायब उपरीक्षक श्याममणि ढकालले बताए ।
फेला पारेका उक्त पेस्तोल जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको छ भने फरार व्यक्तिको खोजी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

