नेपाल प्रहरीका ३१५८ जना सहायक हवल्दार बढुवा सिफारिस


काठमाडौं – प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दसौँ संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको सहायक हवल्दार पदमा बढुवा सिफारिसको चौथो सूची सार्वजनिक गरेको छ ।

बढुवा समितिको आइतबार बसेको बैठकले बढुवा हुने १४५६७ सिपाहीमध्ये ३१५८ जनालाई बढुवा सिफारिस गरेको हो । यसअघि शनिबारमात्रै तेस्रो सूचीमा १२०५ जनालाई बढुवा सिफारिस गरिएको थियो ।

समितिले शुक्रबार ३२८७ जना र बिहीवार १७५२ जना सिपाहीलाई सहायक हवल्दारमा बढुवा सिफारिस गरेको थियो । तेस्रो सूचीमा २०६३ का एक जना सहित २०६७ सम्म भर्ना भएका प्रहरी जवानहरूलाई बढुवा सिफारिस गरिएको छ ।

प्रतिक्रिया