
श्रीमतीलाई जिउँदै आगो लगाउने पक्राउ
काठमाडौं- आफ्नै ३० वर्षीया श्रीमतीलाई आगो लगाई घाइते बनाएको आरोपमा काठमाडौंमा एकजना पक्राउ परेका छन् । बूढानीलकण्ठ नगरपालिका–१०, कपन डेरा गरी बस्ने सिरहाको लहान नगरपालिका–७ का ४२ वर्षीय प्रबिन चौधरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।
चौधरीले श्रीमती सुतिरहेको अवस्थामा शरीरमा तारपिन तेल खन्याएर आगो लगाई घाइते बनाएको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो । महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
घाइतेको साँखुस्थित सुष्मा मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको महानगरीय प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको छ ।



कागजपत्र |
