फेरि विद्यार्थीमाथि यौन दुर्व्यवहार गर्ने अर्का शिक्षक चितवनबाट पक्राउ !


चितवन – चितवनको माडी नगरपालिकास्थित एक विद्यालयकी छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्।

माडी–१ मा रहेको सोमेश्वर उच्च माविमा कक्षा–९ मा अध्ययनरत नाबालिका छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा सोही विद्यालयका शिक्षक सुरज लामिछाने पक्राउ परेका हुन्।

नाबालिकाको आफन्तले दिएको जाहेरीका आधारमा शिक्षकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए।

परिवारको जाहेरीका आधारमा शिक्षकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरिएको अधिकारीले बताए। शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरूले विद्यालयमा प्रदर्शन पनि गरेका थिए। उनीहरूले इलाका प्रहरी कार्यालय माडीमा उजुरी पनि दिएका थिए।

माडीमा सहमति गरेर मुद्दा टुंग्याउने प्रयास गरिएपछि जिल्ला प्रहरीमा जाहेरी दिइएको बालिकाको परिवारले बतायो।

यसअघि विद्यार्थीलाई यौन हिंसा गरेको आरोप लागेका मोरङ लेटाङका एक शिक्षक पनि पक्राउ परेका थिए । उक्त घटनापछि आइतबार गरिएको प्रदर्शनमा स्थानीयको आक्रमणबाट एक प्रहरी जवानले ज्यान गुमाएकी थिइन् ।

प्रतिक्रिया