
शिक्षकले विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको घटनाः झडप हुँदा महिला प्रहरीको मृत्यु
मोरङ – मोरङमा झडप हुँदा एक महिला प्रहरीको मृत्यु भएको छ। जिल्लको लेटाङमा शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको विषयमा झडप हुँदा एक महिला प्रहरीको मृत्यु भएको हो।
झडपमा परेर घाइते भएकी प्रहरी जवान उर्मिला श्रेष्ठको उपचारको क्रममा कोशी अस्पतालमा मृत्यु भएको हो।
घटनामा मोरङका एसपी जनार्दन जिसीसहित डेढ दर्जन प्रहरी घाइते भएका छन्।
लेटाङ नगरपालिका ५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका एक शिक्षकले विद्यालयकै एक छात्रालाई करणी गरेको भन्दै विद्यालय क्षेत्र तनावग्रस्त बनेको थियो।
सोही तनाव नियन्त्रणमा खटिएको बेला प्रहरीमाथि आक्रोशित स्थानीयको भीडले आक्रमण गरेको हो। आक्रमणमा संलग्न दुई जना पनि घाइते भएको प्रहरीले जनाएको छ।



कागजपत्र |
