बेँसी सहर–चामे सडक खण्ड थप १० दिन बन्द


काठमाडाैं – लमजुङ र मनाङ जोड्ने डुम्रे–बेँसी सहर–चामे सडक खण्ड पुनः १० दिन बन्द भएको छ । सडक खण्डको तिमाङ छहरामा रहेको काठे पुल जीर्ण भएकाले कल्भर्ट निर्माण सम्पन्न भइसकेको छ ।

कलभर्टको ढलान पूर्णपुरमा सेट भई नसकेका कारण आजदेखि पुनः सडक बन्द गरिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।

पैदल यात्रुबाहेक सवारीसाधनका लागि सडक बन्द गरिएको मनाङ प्रशासनले एक सूचना जारी गर्दै भनेको छ ।

मनाङ जिल्ला प्रवेश गर्ने सडक मार्ग डुम्रे–बेँसी सहर९चामे खण्डको तिमाङ छहरामा दुई वटा ठाउँमा कलभर्ट पुलको स्लाब ढलान कार्य सम्पन्न भएको र प्राविधिक हिसाबले सेट हुन कम्तीमा १५ दिन लाग्ने भएकाले सो अवधिका लागि सडक बन्द गरिदिन अनुरोध गरिएको डुम्रे(बेँसी सहर(चामे सडक योजना कार्यालयले जनाएको छ ।

‘सडक निर्माणका लागि गत फागुन २० देखि चैत ५ गतेसम्मका लागि सडक बन्द गरिएको थियो । जिल्लाको नासोँ गाउँपालिका(९ स्थित तिमाङ छहरामा दुई ठाउँमा कलभर्ट निर्माण गरिएको छ । यहाँ गत असारमा आएको बाढीले काठे पुल बगाएको थियो ।

पछि पुनः काठे पुल राखेर यातायात सञ्चालन भएकामा गत कात्तिकमा आएको बाढी पहिराले समेत काठे पुल बगाएको थियो । त्यसपछि राखिएको काठे पुल जीर्ण हुँदै गएको र आगामी बर्खायाममा फेरि समस्या उत्पन्न हुने भएकाले व्यवस्थित गर्न ढलानसहितको स्लाब कल्भर्ट निर्माण गरिएको हो ।

प्रतिक्रिया