काठमाडौंमा पोखरा आउँदै गरेका युवक २२ लाख नगदसहित पक्राउ


कास्की – कास्कीको पोखरामा स्रोत नखुलेको २२ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् ।

गए राति पोखरा महानगरपालिका–३०, पावरहाउसस्थित सडकबाट सो रकमसहित नवलपरासी (पश्चिम) को सुस्ता गाउँपालिका–२, रुपौलिया बस्ने ३० वर्षीय कुलदेव कुमाललाई प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा३ख ८६२१ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौँडाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त स्रोत नखुलेको नगदसहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।

प्रतिक्रिया