सिरहामा ईटालियन पेस्तोल र गोली सहित एक व्यक्ती पक्राउ


सिरहा । धनगढी नगरपालिकाबाट १ थान ईटालियन पेस्तोल, सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोलीसहित एक जनालाई प्रहरलिे पक्राउ गरेको हो

धनगढी नगरपालिका(११ आँप चोक बस्ने ४२ वर्षीय ब्रमदेव यादवलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

उक्त चोकस्थित सडकमा बीआर ३२ एबी ०४४९ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय धनगढी सिरहाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा यादवको साथबाट उक्त हतियार फेला पारी पक्राउ गरेको हो । उनको साथबाट १ थान म्याग्जिन पनि फेला परेको प्रहरलिे जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया