

बैतडीकी एक महिलामा कालाजार संक्रमण पुष्टि

काठमाडौं – बैतडीमा कालाजार संक्रमण देखापरेको छ ।
जिल्लाको दोगडाकेदार गाउँपालिका–५ गोबडाका ३७ वर्षीया एक महिलामा कालाजार पुष्टि भएको हो ।
धनगढीमा उपचार गराउने क्रममा ती महिलामा कालाजार पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका जनस्वास्थ्य कार्यलयले जनाएको छ ।
महिलालाई कालाजार देखिएपछि छेउछाउका २१ जनाको नमुना संकलन गरेर परीक्षण गरिए पनि उनीहरुको रिपोर्ट नेगेटिभ आएको छ । कालाजार भएरनभएको रगत परीक्षणबाट थाहा हुन्छ ।

