सरकारी छाप किर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ


काठमाडौँ । सरकारी छाप किर्ते मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्ति पक्राउ परेका छन्् । कपिलवस्तु प्रहरीलेकपिलवस्तुको यसोधरा गाउँपालिका–हथिहवा बस्ने असोक चाई भन्ने राम असोमलाई पक्राउ गरेको हो ।

जिल्ला अदालत कपिलवस्तुले २०७७ जेठ २२ गते सरकारी छाप कीर्ते मुद्दामा असोकलाई दोषी ठहर गर्दै तीन वर्ष छ महिना कैद र तीन लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो । कपिलवस्तुको यसोधरास्थित रंगपुरबाट पक्राउ परेका असोकलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता तथा डीएसपी धर्मराज भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया