प्रि ओपनिङ्ग सेसनमा ८.३६ अंकले बढ्यो नेप्से, ६६ लाख ५९ हजारको सेयर कारोबार


काठमाडौँ-  साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपनिङ्ग सेसनमा नेप्से ८.३६ अंकले बढेको  छ । नेप्से ८.३६ अंकले बढेसँगै सूचक २ हजार ५७५ दशमलव २७ बिन्दुमा पुगेको हो ।

साढे दश देखि एघार बजेसम्मको पन्ध्र मिनेट अवधिमा कारोबारमा आएका १७ कम्पनी मध्ये १६ कम्पनीको भाउ बढेसँगै नेप्सेमा हरियाली छाएको हो । यस अवधिमा १७ कम्पनीका १२ हजार ८०६ कित्ता सेयर ६६ लाख ५९ हजार १०३ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

नेप्सेका अनुसार प्रि ओपनिङ्ग सेसनमा आज १७ कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १६ कम्पनीको शेयरमूल्य बढेको छ।

प्रतिक्रिया