प्रहरीले लगाउने पाइन्टको कपडामा जालसाजी गर्ने दुई पक्राउ


काठमाडौं- प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) ले प्रहरी कर्मचारीहरुले लगाउने पाइन्टका लागि प्रयोग हुने उलन कपडाको खरीदमा ठगी गर्ने दुई ठेकेदारलाई पक्राउ गरेको छ।

सिआईबीले पर्सा वीरगंज उपमहानगरपालिका — ५ का क्राउन टेक्सटाइल्स इण्डष्ट्रिज प्रालिका संचालक ५५ वर्षीय पिताम्बर कुमार मुन्का र सोही कम्पनीका चितवन माडी नगरपालिका –८ का ४६ वर्षीय नरेन्द्रनाथ पौडेललाई पक्राउ गरेको जनाएको छ ।

सिआईबीका प्रमुख डीआइजी सहकुल थापाका अनुसार आर्थिक वर्ष २०७३/ ७४मा पाइन्टका लागि प्रयोग हुने उलन कपडा बीस हजार मीटर खरीद गर्न बोलपत्र आह्वान गरिएकोमा क्राउन टेक्सटाइल्सले प्रति मिटरको १ हजार ८२ रुपैयाँका दरले २० हजार मिटरको कर बाहेकमा दुई करोड़ सोह्र लाख चालिस हजार खरीद गर्ने सम्झौता गरेको थियो ।

तर, सम्झौता बमोजिम आपूर्ति भएको सामानको गुणस्तर परीक्षण गर्ने क्रममा प्रहरी प्रधान कार्यालय, प्रबन्ध निर्देशनालयबाट क्राउन प्रतिनिधी नरेन्द्रनाथ पौडेललाई साछी राखेर राखी नमूना निकाली परीक्षण गर्न साउन ३० गते भारत पठाइयो थियो तर तर, दुईदिनपछि पौडेलले सोही ल्याबमा दोश्रो नमूना पठाई प्रहरी संगठनलाई नै जालसाजी गरेकाले पक्राउ गरी ठगीमा अनुसन्धान थालिएको डीआइजी थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया