डिआईजी बढुवाका लागि सशस्त्रका ५ एसएसपी सिफारिस


काठमाडौं – गृहमन्त्रालयले सशस्त्र प्रहरीमा प्राविधिक र साधारणतर्फ गरी ५ जनालाई सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) मा बढुवा सिफारिस गरेको छ ।

गृहमन्त्रालयको बढुवा समितिको सचिवालयका अनुसार साधारणतर्फ सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) विदुर खड्का, लक्ष्मणबहादुर सिंह र प्रदीप कुमार पाललाई डिआईजी बढुवाको सिफारिस गरिएको हो ।

त्यस्तै प्राविधिक समूह स्वास्थ्य तर्फ डा. रुपक महर्जनलाई बढुवा सिफारिस गरिएको छ भने इन्जिनियरिङतर्फ सन्दीप थापालाई बढुवा सिफारिस गरिएको बढुवा समितिका सदस्यसचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले बताए ।

पौडेलका अनुसार बढुवा सिफारिस उपर चित्त नबुझे सात दिनभित्र बढुवा उपर उजुरी दिनसकिने पनि जनाएका छन् ।

No description available.

No description available.

No description available.

प्रतिक्रिया