‘केही नेपाली अझै युद्ध क्षेत्रमा छन्, उद्धारका लागि सहयोग गरौँ’


काठमाडौँ – जारी युद्धका कारण युक्रेनमा जोखिममा रहेका नेपाली नागरिकको उद्धारमा सहयोग गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अपिल गरेको छ।

संघका सह–कोषाध्यक्ष लोक दाहालले विज्ञप्ति जारी गरी युक्रेनबाट बाहिरिएर विभिन्न देशमा पुगेका तथा युक्रेनमै रहेका नेपालीको उद्धार र सहयोगका लागि आर्थिक संकलन अभियान सञ्चालन गरिएको जानकारी दिँदै यसमा सहयोगका लागि अनुरोध गरेका हुन्।

‘युक्रेनमा रसियाले आक्रमण गरेको दुई साता भइसकेको छ। उक्त आक्रमणबाट ठूलो मात्रामा जनधनको क्षति भएको छ र युक्रेनमा रहेका सम्पूर्ण जीवन खतरामा छ’, विज्ञप्तिमा भनिएको छ, ‘युद्धग्रस्त युक्रेनमा रहेका नेपालीहरु केही युक्रेन बाहिर निस्केर अन्य विभिन्न देशमा पुगेका छन् भने केही अझै युद्ध क्षेत्रमा उद्धारको अपेक्षामा बसिरहेका छन्।’

प्रतिक्रिया