
संखुवासभा बस दुर्घटना: गृहमन्त्रीको निर्देशनपछि घाइते उद्धारका लागि हेलिकोप्टर घटनास्थलतर्फ जाँदै
काठमाडौं – गृहमन्त्री बालकृष्ण खाणले संखुवासभाको मादी नगरपालिका–६ पुलुङस्थित सात घुम्तीमा भएको यात्रुबाहक बस दुर्घटनामा घाइते भएकाहरूलाई उद्धारका लागि हेलिकोप्टर पठाउन निर्देशन दिएका छन्।
उनले गृहसचिव टेकनारायण पाण्डे र संखुवासभाका प्रमुख जिल्ला (सिडिओ) अधिकारी नुरहरि खतिवडालाई दुर्घटनामा घाइते भएकाहरूको हेलिकोप्टर प्रयोग गरेर यथाशीघ्र उद्धार गर्न निर्देशन दिएका हुन्।
‘मन्त्रीन्यूबाट घाइतेहरूको हेलिकोप्टरबाट उद्धार गर्न निर्देशन भएको छ। हामीले नेपाली सेनासँग सम्पर्क गरेर हेलिकोप्टर उद्धारका लागि संखुवासभाको चैनपुरमा पठाउने तयारी गरिरहेका छौँ,’ गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए।
संखुवासभाका प्रमुख जिल्ला अधिकारी खतिवडाका अनुसार मादीबाट धरान जान लागेको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ भने पाँच जना गम्भीर घाइते छन्।
घाइतेलाई घटनास्थलबाट अहिले चैनपुर पु¥याइँदैछ। चैनपुरबाट हेलिकोप्टरमा धरान पु¥याउने तयारी भइरहेको प्रजिअ खतिवडाले जानकारी दिए।
घटनास्थल जिल्ला सदरमुकामबाट ६० किलोमिटर टाढा छ। गाडी सड्कबाट तीन सय मिटर तल खसेको प्रजिअ खतिवडाले जानकारी दिए।
यात्रुहरू कति थिए भन्ने एकीन नभएकाले खोजीकार्य जारी रहेको प्रजिअ खतिवडाले बताए



कागजपत्र |
