
प्रहरीमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
भक्तपुर – सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक चोकमा ड्युटीमा खटिएको प्रहरीलाई हातपात एवं अभद्र व्यवहार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने सुनसरी रामधुनी नगरपालिका घर भएका २५ वर्षीय बाबुराम कोइराला लगायत २ जना छन्। उनीहरुलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो।
मादक पदार्थ सेवन गरी बा.३९ प ३७३९ नम्बरको मोटरसाइकलमा सल्लाघारीबाट जगातीतर्फ आउँदै गरेका उनीहरूलाई जाँच गर्नेक्रममा प्रहरीमाथि हातपात गरेपछि पक्राउ गरिएको थियो।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।



कागजपत्र |
