नेप्सेमा गरिमाको १० लाख कित्ता ऋणपत्र सूचिकृत
नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा गरिमा विकास बैंक लिमिटेडको १० लाख कित्ता ऋणपत्र सूचिकृत भएको छ । बैंकले ७ वर्ष अवधिको “८.७५% गरिमा डिबेञ्चर, २०८५“ को नाममा प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा १ अर्ब रूपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गरेकोमा सूचिकृत भएको हो ।
निष्कासन गरिएको कुल १० लाख कित्ता ऋणपत्रमध्ये बैंकले सर्वसाधारणका लागि ४ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई ६ लाख कित्ता बिक्री गरेको थियो । सर्वसाधारणको लागि छुट्याईएकोमध्ये ५ प्रतिशत अर्थात् २० हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो ।