पाँच महिनापछि आज बस्दै संवैधानिक इजलास


काठमाडाैं – सर्वोच्च अदालतमा पाँच महिनापछि आज  (शुक्रबार) संवैधानिक इजलास बस्ने भएको छ ।

स‌ंवैधानिक इजलास पछिल्लाे पटक १३ असाेजमा बसेकाे थियाे ।

सर्वोच्च अदालका प्रवक्ता विमल पौडेलका अनुसार शुक्रबार नयाँ दर्ता भएका मुद्दाको पेसी तोकिनेछ भने हरेक बुधबार प्रक्रियामा रहेका मुद्दा हेरिनेछ ।

यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलन सुरु भएपछि सर्वोच्चमा संवैधानिक इजलास बस्न सकेको थिएन ।

१ फागुनमा  जबराविरुद्ध महाभियोग दर्ता भएर उनी निलम्बनमा परेसँगै १० न्यायाधीशबीचको छलफलबाट संवैधानिक इजलास पुनः बस्ने निर्णय भएको हो ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले पहिलो पटक संवैधानिक इजलास गठन गर्न लागेका हुन् ।

 

प्रतिक्रिया