कांग्रेस कैलालीको सभापतिमा भट्ट विजयी


कैलाली – नेपाली कांग्रेस कैलालीको सभापतिमा नारायण भट्ट विजयी भएका छन् । सभापतिका अर्का उम्मेदवार प्रकाशबहादुर बमलाई २ सय ६३ मतले पराजित गर्दै भट्ट सभापतिमा विजयी भएका हुन्। भट्टले एक हजार ३५९ मत पाउदा बमले एक हजार ९६ मत पाएका थिए ।

दोस्रो चरणमा भएको निर्वाचनमा उनी बिजयी भएको निर्वाचन समितिले जनाएको छ । पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि आज दोस्रो चरणको मतदान भएको थियो। आज भएको मतदानमा २ हजार ४६७ मत खसेको थियो।

पहिलो चरणको मतगणनामा सभापतिका उम्मेदवार प्रकाशबहादुर बमले सबैभन्दा बढी मत पाएका थिए। बमले एक हजार १६९ मत पाएका थिए भने सभापतिका अर्का उम्मेदवार नारायणदत्त भट्टले एक हजार ७२ र रामबहादुर कलेलले १९७ मत पाएका थिए। कलेलले बमलाई समर्थन गरेपनि सभापतिमा भने भट्ट बिजयी भएका हुन् ।

प्रतिक्रिया