एकै दिन १९ सयले बढ्यो सुनको मुल्य, कतिमा हुदैछ कारोवार ?


काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मुल्य बढेको छ । मंगबारको तुलनामा आज बुधबार सुनको मूल्य तोलमा १९ सय रुपैयाँले बढेको हो । एकै दिन उच्च रुपमा बढेको सुनको मूल्य प्रतितोला ९९ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ तोकिएको छ । रुस र युक्रेनबीच चलिरहेको युद्धको असर विश्वबजारमा परेका कारण सुनको मूल्य निरन्तर उकालो लागिरहेको हो ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेकोे छ । हिजो मंगलबार तोलामा १३ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १३ सय ७५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया