जानकी फाइनान्सको साधारण सभा फागुन २२ मा


काठमाडौं – जानकी फाइनान्स कम्पनीले फागुन २२ गते साधारण सभा बोलाएको छ । यसअघि फागुन ७ मा बोलाइएको सभा कोरम नपुगेपछि स्थगित भएको थियो । अब फागुन २२ गते गायत्री कुञ्ज, अतिथी सदन जनकपुरमा साधारण सभा हुने कम्पनीले जनाएको छ । सभामा जानकीले १५% बोनस सेयर दिने विशेष प्रस्ताव पेश गर्नेछ ।

यस्तै, ०.७८% नगद लाभांश (कर प्रयोजनका लागि) दिने प्रस्ताव पनि पेश हुनेछ । कम्पनीले बोनस वितरणमा ४७ लाख ४० हजार ६०० रुपैयाँ खर्च गर्न लागेको हो । बोनसपछि पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम नियमावली संशोधन गर्ने प्रस्ताव लैजाने छ । आर्थिक वर्ष २०७७–७८ को नाफा नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पेश हुनेछ ।

चालु आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले माघ २४ गते बुक क्लोज गरिसकेको छ । माघ २३ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउनेछन् ।

 

प्रतिक्रिया