अस्पतालको शौचालयमा नवजात शिशुको शव भेटियो


विराटनगर – कोसी अञ्चल अस्पताल विराटनगरको शौचालयमा नवजात शिशुको शव फेला परेको छ ।

आइतबार बिहान अस्पतालको इमर्जेन्सी वार्डमा रहेको शौचालयमा साल नालसहितको शिशुको शव फेला परेको अस्पतालका कर्मचारीहरुले बताएका छन् ।

बिहान साढे ९ बजे शौचालयको प्यानभित्र हालिएको अवस्थामा साल नालसहितको शिशुको शव देखेपछि प्रहरीलाई खबर गरी अनुसन्धान सुरू गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले शिशुको आमाको पहिचान गर्ने प्रयास भइरहेको बताएको छ ।

प्रतिक्रिया