बालुवाटारमा देउवा-प्रचण्ड छलफल, बीचमा पुगे जनार्दन शर्मा


काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच छलफल चलिरहँदा अर्थमन्त्री जनार्दन शर्मा पनि बालुवाटार पुगेका छन्।

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को सन्दर्भमा छलफल गर्न शुक्रबार प्रचण्ड बालुवाटार पुगेका थिए। देउवा र प्रचण्डबीच छलफल चलिरहँदा अर्थमन्त्री शर्मा पनि बालुवाटार पुगेका हुन्।

बालुवाटारमा देउवालाई भेट्न अघि प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको थियो। सिंहदरबारमा नेपालसँग छलफल गरेपछि प्रचण्ड देउवालाई भेट्न बालुवाटार पुगेका थिए।

अर्थमन्त्री शर्मा भने बुधबारदेखि पर्वतमा थिए। बिहीबार संसद् बैठकमा एमसीसीमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेकै अवस्थामा मन्त्री शर्मा पर्वत पुगेका थिए। बिहीबार पनि शर्मा पर्वतमै थिए।

एमसीसी सम्झौता टेबल हुँदा गत आइतबारको प्रतिनिधि सभा बैठकमा मन्त्री शर्मा अनुपस्थित थिए। आफ्नो मन्त्रालयको विषय भए पनि मन्त्री शर्माले एमसीसी छल्ने प्रयास गर्दै आएका छन्।

प्रतिक्रिया