प्रतिनिधि सभा : भोलिको कार्यसूचीमा एमसीसी दोस्रो नम्बरमा (सूचनासहित)


काठमाडौं – भोलि (शुक्रबार) प्रतिनिधिसभाको बैठक बस्दैछ । भोलिको बैठकका लागि अमेरिकी सहयोग परियोजना (एमसीसी) कार्यसूचीको दोस्रो नम्बरमा परेको छ ।

संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले सूचना जारी गर्दै भोलिको कार्यसूचीको जानकारी गराएका हुन् । पहिलो नम्बरमा प्रधानमन्त्रीको तर्फबाट ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन , आर्थिक वर्ष २०७७र७८’ पेस गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी दोस्रो बुँदामा माननीय अर्थमन्त्री श्री जनार्दन शर्माले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौता माथि सामान्य छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत हुने ।

गत आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा एमसीसी सम्झौता संसदमा पेस भएको थियो । आजका लागि बैठक बोलाइए पनि सरकारकै सिफारिसमा बैठक भोलिसम्मका लागि सारिएको थियो ।

प्रतिक्रिया