सिंहदरबारमा सभामुख र गृहमन्त्रीबीच भेटवार्ता, एमसीसीको विषयमा छलफल


काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाणबीच भेटवार्ता भएको छ। संघीय संसद् सचिवालय सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सापकोटा र खाणबीच भेटवार्ता भएको हो।

संसद अवरोध हटाउने र एमसीसी अनुमोदन गराउने विषयमा गृहमन्त्री र सभामुखबीच अहिले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफल जारी छ।

सापकोटा र खाणबीचको भेटवार्तामा अवरुद्ध संसद् कसरी निर्विवाद सञ्चालन गर्न र टेबुल भइसकेको एमसीसी कसरी सर्वसम्मत रुपमा अनुमोदन गर्ने भन्ने विषयमा छलफल भएको गृह स्रोतले भन्यो।

एमसीसीको विषयमा सत्तारुढ गठबन्धनका पाँच राजनीतिक दलहरुबीच नै मत बाझिएको छ। सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसबाहेक अन्य चारदल एमसीसीको विपक्षमा छ।

सत्तासाझेदार दलहरू मा‌ओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा विरोधमा उत्रिएको छ। जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई भने एमसीसीको पक्षमा छन्।

सत्तारुढ दलले नै असहयोग गरेपछि नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेसँग छलफल अघि बढाएका छन्। अहिले संसद् भवनमा एमाले र कांग्रेसका शीर्ष नेताबीच छलफल जारी छ।

प्रतिक्रिया