सञ्चारमन्त्री कार्कीको सुरक्षा बढाइयो


काठमाडौं – सरकारले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको सुरक्षा बढाएको छ। अब सञ्चारमन्त्री कार्कीको सुरक्षामा अगुवा गाडीसहित थप सुरक्षाकर्मी परिचालन हुनेछ।

हिजो अर्थात फागुन ८ गते सञ्चारमन्त्री कार्कीले अर्थमन्त्री जनार्दशन शर्माको तर्फबाट प्रतिनिधिसभामा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल गरेका थिए।

लगत्तै देशव्यापी रुपमा विरोध प्रदर्शन भइरहेको छ। सोहीअनुसार एमसीसीको विरोध गर्नेहरूले कार्कीमाथि आक्रमण गर्नसक्ने सुरक्षा विश्लेषणका आधारमा गाडीसहित सुरक्षाकर्मीको थप टोली परिचालन गरिएको हो।

उनको निजी सुरक्षा अधिकृतमा यसअघि दुई जना प्रहरी नायब निरीक्षक (सई) खटाइएको थियो।

प्रतिक्रिया