नेपाल प्रहरीका १० डिएसपीको काज सरुवा, ३ जिल्ला र २ वृत्त प्रमुख फेरिए !


काठमाडौं – प्रहरी प्रधान कार्यालयले १० प्रहरी नायब उपरिक्षक (डिएसपी) को काज सरुवा गरेको छ ।

प्रधान कार्यालय स्रोतका अनुसार सातदोबादो मदन केसी, चापागाउँमा द्ववारिका घिमिरे, दोलखामा गंगा पौडेल, रसुवामा कुलदिप चन्द र रामेछाप राजकुमार थिङ सरूवा भएका छन् ।

केसी र घिमिरेले ललितपुरका २ वृत्त सम्हाल्ने भएका हुन् भने पौडेल, चन्द र थिङ जिल्ला प्रमुखका रूपमा सरूवा भएका हुन् ।

सातदोबाटोबाट विनोद घिमिरे सरूवा भएका छन् भने दोलखाबाट भेषराज रिजालको पनि सरूवा भएको छ ।

त्यस्तै रामेछापका डिएसपी नवराज ढुंगानाको ठाउँमा राजकुमार थिङ पुगेका हुन् । त्यस्तै रसुवाका डीएसपी देवेन्द्र पाण्डेको ठाउँमा कुलदिप चन्द पुगेका छन् ।

 

प्रतिक्रिया