

सुशील कोइरालाले संविधान निर्माणमा खेलेको भूमिका प्रेरणादायी : प्रधानमन्त्री देउवा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोेइरालाको सातौँ स्मृति दिवसका अवसरमा उहाँप्रति श्रद्धा सुमन अर्पण गरेका छन्।
प्रधानमन्त्री देउवाले बुधबार सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्री समेत रहेका कोइरालाप्रति श्रद्धा सुमन अर्पण गर्दै उनले पार्टीमा पुर्याएको अथक योगदान र संविधान निर्माणमा निर्वाह गरेका नेतृत्वदायी भूमिका सबैका लागि सधैँ प्रेरणादायी भएको उल्लेख गरेका छन्।
नेपालको संविधान जारी हुँदा सरकारको नेतृत्व गरेका कांग्रेसका तत्कालीन सभापति कोइरालाको २०७२ साल माघ २६ गते निधन भएको थियो।

