चीनले ६७ नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने


काठमाडौँ – चीनले नेपाललाई वार्षिकरूपमा नेपाली विद्यार्थीलाई दिने छात्रवृत्ति यसवर्ष बढोत्तरी गरेको छ। अघिल्लो वर्ष ४९ जना विद्यार्थीका लागि छात्रवृत्ति दिने घोषणा गरेको चीनले यसवर्ष उक्त संख्या ६७ पुर्याएको हो।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार चीनले छात्रवृत्ति दिने सम्बन्धमा गरेको निर्णयबारे शिक्षा मन्त्रालयलाई जानकारी गराइसकिएको छ। अब, शिक्षा मन्त्रालयले जेहेन्दार विद्यार्थी छनौट गरी छात्रवृत्ति दिनेछ।

उत्तरी छिमेकीले गतवर्ष ४९ जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने भनेपनि १२ जना मात्रै विद्यार्थी यसअन्तर्गत छनौट भएका थिए।

 

प्रतिक्रिया