गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रात्रिकालीन उडान बन्द


भैरहवा – शुक्रबार अपराह्न परेको चट्याङका कारण गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रात्रिकालीन उडान बन्द भएको छ । दिउँसो ४ बजे परेको चट्याङका कारण विमानस्थलको टावरमा समस्या आएपछि विमानस्थल बन्द गर्नुपरेको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले बताए ।

चट्याङ परेसँगै टावरमा रहेका विद्युत् तारहरूमा धुवाँ आउनुका साथै रनवेमा रहेका लाइटहरूमा समस्या आएको थियो । जसका कारण रात्रिकालीन उडान बन्द गर्नुपरेको दाहालले बताए । दिउँसोको उडान पनि भिजिबिलिटी हेरेर मात्र उडान गर्न सकिने उनले बताए ।

अहिले विमानस्थलमा क्यालिब्रेसन ल्पाइट उडानका लागि प्राविधिकहरू विमानस्थल परिसरमै रहेकाले मर्मतको काम तीव्र पारिएको उनले बताए । तर, जलेका समानहरू भैरहवामा स्टक नभएका कारण काठमाडौंबाट भैरहवा ल्याउनुपर्ने भएकाले शनिबार मात्रै विमानस्थल सञ्चालनमा आउने उनले बताए ।

प्रतिक्रिया