

हत्या र लुटपाटमा सम्लग्न नाै जना पक्राउ

यस्तै लुटपाट मुद्दामा फरार रहेका डाक्नेश्वरी नगरपालिका-२ का दयावती बि.क., विरेन्द्र बि.क र दुलारी देवी वि.कलाई पनि पक्राउ गरी जरिवाना असुलीका लागि अदालतमा उपस्थित गराएको प्रवक्ता काफ्लेले बताए।
विभिन्न मुद्दामा फैसला भई फरार रहेकाहरूलाई पक्राउ गर्ने अभियानअन्तर्गत प्रहरीले पक्राउ गरेकाे हाे । कर्तव्य ज्यान मुद्दाका आरोपीहरूले जनही पाँच सय तिर्नुपर्ने र लुटपाट मुद्दाका दाेषी दयावति बि.कले २१, विरेन्द्र बि.क र दुलारी बि.कले ५० रुपैयाँ तिर्नुपर्नेछ।

