

स्थानीय तह निर्वाचन जेठ पहिलो सातानै हुन्छः प्रधानमन्त्री देउवा

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन स्थानीय तह निर्वाचन जेठ पहिलो साता हुने बताएका छन् ।
नेपाली कांग्रेसको बागमती प्रदेशको नयाँ कार्यसमितिका पदाधिकारीलाई भेट्ने क्रममा प्रधानमन्त्री देउवाले जेठको पहिलो साता निर्वाचन हुने जानकारी दिएका हुन् ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले भने ‘जेठको पहिलो साता स्थानीय तहको निर्वाचन हुन्छ । जेठको पहिलो साता भन्दा ढिलो गर्न सकिन्न ।’
नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले कार्यकर्तालाई निर्वाचनको तयारीमा लाग्न निर्देशन पनि दिएका छन् ।

