प्रतिवन्धित् औषधि ट्रामाडोल २१ हजार क्याप्सुलसहित पाँच जना पक्राउ


काठमाडौ – लागू औषध नियन्त्रण व्युरो र औषधि व्यवस्था विभागले नियन्त्रित औषधि ट्रामाडोल करिब २१ हजार क्याप्सुलसहित ५ जनालाई पक्राउ गरेको छ।

पक्राउ परेका मध्ये बझाङ स्थायी घर भएका २९ वर्षीय उमेशकुमार केसीको घरबाट २० हजार ७ सय क्याप्सुल बरामद गरेको छ । उनी गोकर्णेश्वर बस्दै आएका थिए ।

यस्तै रामेछाप स्थायी घर भई काठमाडौंको सिफल बस्दै आएका २५ वर्षीय निमा दोर्जे शेर्पाको साथबाट एक सय १५ ट्रामाडोल क्याप्सुल बरामद भएको छ ।

उमेशलाई उक्त औषधि उपलब्ध गराएको आरोपमा चाबहिलस्थित कल्याणकारी मेडिकल हलका सञ्चालक ३० वर्षीय पेम्बा शेर्पा पनि पक्राउ परेका छन् । पेम्बालाई पनि उपलब्ध गराएको आरोपमा नुवाकोट स्थायी घर भएका ३४ वर्षीय राजाराम दवाडी पनि पक्राउ परेका छन् ।

पक्राउ परेकालाई औषधि व्यवस्था विभाग पठाइएको छ । व्युरोका निमित्त प्रमुख हृदय थापाले ट्रामाडोल लागू औषध दुर्व्यसनीहरुले प्रयोग गर्ने गरेको बताए । ‘तर औषधी व्यवस्था विभागले मात्र हेर्ने मुद्धाको सूचीमा यो औषधी पर्छ’, एसएसपी थापाले भने ।

प्रतिक्रिया