गायक बिक्की परियारको ‘एकै नजरमा’ म्युजिक भिडियो सार्वजनिक


काठमाडौं – युवाले सुन्दर युवती देखेपछि मनमा आउने रोमाञ्चक भावलाई समेटेर तयार पारिएको ‘एकै नजरमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक बिक्की परियारको स्वरमा सजिएको यस गीतमाशब्द विष्णुबाबु देवकोटाको रहेको छ । टीका दाहालले सङ्गीतवद्ध गरेको गीतमा राहुलप्रधानले सङ्गीत संयोजन गरेका छन् । कालिञ्चोकमा छायाङ्कन गरिएको म्युजिक भिडियो बुद्ध थापाले छायाङ्कन गरेका हुन् । विकास लामिछाने र बिना राउतले भिडियोमा अभिनय गरेका छन् ।

भिडियोको सम्पादन दिन्सन शाहले गरेका हुन् । केशवराज भट्टको निर्देशनमा भिडियो तयार पारिएको हो । सङ्गीतकार दाहालको आधिकारिक च्यानल ‘टीका दाहाल म्युजिक’मार्फत् भिडियो सार्वजनिक भएको जनाइएको छ ।
भिडियो :

प्रतिक्रिया